काठमाडौँ । कान्ति बाल अस्पताल विकास समितिका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
ज्यालादारी तथा करारका कर्मचारीहरूलाई २४ घण्टाभित्र नवीकरण गर्न, स्थायी कर्मचारीहरूको सावधिक बीमा योजना तत्काल लागू गर्न, दरबन्दीका अनियमित नियुक्तिहरू खारेज गर्ने लगायतका २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
मागहरू पुरा गर्नका लागि पुरै १ हप्ताको अल्टिमेटम दिएको छ ।
कान्ति बाल अस्पताल विकास समिति तर्फका हामी सम्पूर्ण कर्मचारीहरूको तर्फबाट र अस्पतालमा अस्तित्वमा रहेका सम्पूर्ण युनियनहरूको समर्थन र ऐक्यबद्धतामा अस्पताल व्यवस्थापन समक्ष २४ बुँदे मागपत्र पेस गरिएको समितिले जनाएको छ ।
समय सीमा पुरा भएको आठौँ दिन अर्थात् २१ गते मङ्गलवारका दिन बिहानै देखि निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेर चरणबद्ध सङ्घर्षका कार्यक्रमहरू अगाडि बढाउने समितिले चेतावनी दिएको छ ।



