२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुम पश्चिममा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

अ+ अ-

जाजरकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरमा आइतबार आएको पहिरोमा परेर आमाछोरीको मृत्यु भएको छ।

पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा दुई आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरि नगरपालिका-१ मैदैकी ३० वर्षीया बालमती राना र उनकी दुई वर्षीया छोरी प्रतिक्षा राना रहेका छन्। जेठी छोरी ६ वर्षीया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको आठबीसकोट नगरपालिका–१४ का वडा अध्यक्ष हुकुम पुनले बताए।

आइतबार बिहान जाजरकोटको नलगाड नगरपालिका-१ स्थित माईतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उनीहरू पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए।

सोही समयमा भवन माथिबाट आएको पहिरोमा परेर उनीहरू पुरिएका हुन्। नेपाल प्रहरी, आठबीसकोट नगर प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने क्रममा सामुदायीक भवनको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको वडा अध्यक्ष पुनले बताए।

घाइते तिर्सनालाई भेरी नगरपालिका–१ रिम्नामा प्राथमिक उपचार गरेर जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ।

उनको अवस्था सामान्य रहेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले बताए।

प्रतिक्रिया दिनुहोस