काठमाडौँ । नेपाल र केन्याबिचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदै छ ।
खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा छ ।
पहिलो खेलमा नेपाल ५ विकेटले विजय भएको थियो भने दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै १८ रनले जितेको थियो ।