२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव : प्रधानमन्त्री देउवा

अ+ अ-

लुम्विनी । प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव हुने बताएका छन् । उनले नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका-१० स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गर्दै नेपालका अधिकांश सहर योजनाबद्धरुपले बन्न नसकेकाले अव्यवस्थित र पुराना सहरलाई पुनःनिर्माण गरी व्यवस्थित सहरको रूपमा रुपान्तरण गर्न जरुरी रहेको बताए । बुटवलले व्यवस्थित सहरी विकासमा फड्को मार्न लागेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रले बुटवलको आर्थिक, सामाजिक र शैक्षिक विकासमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्दै यो सञ्चालनका लागि सरकारले छिट्टै निश्चित विधि तयार गर्ने बताए ।

मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय तहमा विकासका पूर्वाधार बढेको र व्यवस्थित तरिकाले सहरी पूर्वाधार अघि बढाउन जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे । उनले प्रदेश र स्थानीय तहले योजनाबद्व सहरी विकासमा जोड दिनुपर्ने बताए । ‘जनातालाई आफ्नै थातथलोमा आधुनिक सहरी विकासको सेवा पुर्याउन सके अनियन्त्रित बसाइँसराइ रोकिन्छ’, उनले भने ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले बुटवल नेपालको मध्यभागमा रहेको र संंसारको आस्थाको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी रहेकाले यस क्षेत्रको विकासले समग्र देशकै विकासको आधारशीला तयार गर्ने विश्वास व्यक्त गरे । उनले यहाँका नागरिक र जनप्रतिनिधिको साझा प्रतिबद्वता रुपन्देहीको विकासको प्रतिफलले देशकै आर्थिक विकासमा टेवा पुर्याउने बताए ।

गृहमन्त्री खाणले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आए पनि आर्थिक केन्द्रको रूपमा सञ्चालन गर्न गतिशील र चलायमान बनाउन नसकिएको बताए । उनले विमानस्थलका लागि अन्तर्राष्ट्रिय हवाईमार्गको सञ्जाल बढाउन प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसमक्ष थप हवाई उड्डयन र एयररूटको अनुमतिका लागि अनुरोध गरेको सो अवसरमा जानकारी दिए । भारतीय तहबाट हवाईमार्गका लागि अनुमतिप्राप्त हुँदा गौतमबुद्ध विमानस्थल मात्र नभएर काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलागि समेत सहज हुने उनको भनाइ थियो ।

गृहमन्त्री खाँणले निर्माण सम्पन्न सम्मेलन केन्द्रबाट अब राज्यको लगानी प्रतिफलमा कसरी उठाउने, बहुआयामिक उपयोगिता कसरी गर्ने, आम नागरिकलाई यससँग जोडेर अर्थतन्त्र गतिशील कसरी बनाउने भन्ने विषयमा योजना बनाउन निजी क्षेत्रका आम उद्योगी व्यवसायीलाई अनुरोधसमेत गरे । यस क्षेत्रको विकासका लागि सरकारले दाउन्नेमा सुरूङमार्ग यसै वर्षदेखि सुरु गर्ने तथा शिद्वबाबामा सुरूङमार्ग अविलम्ब निर्माणको अवस्थामा पुगेको उनले जानकारी दिए ।

सरकारले अस्थायीरूपमा बसेका नागरिकलाई जमिनको स्वामित्व दिने विषयमा भूमि आयोगबाट छिट्टै पुर्जा दिने व्यवस्था मिलाउने र भूमिहीन, पिछडिएका, दलित नागरिकलाई बसोबासको व्यवस्था मिलाउन सङ्घीय सरकारको तर्फबाट भूमि आयोगको माध्यमबाट बसोबासको व्यवस्था मिलाउने विषयमा सरकार लागिपरेको मन्त्री खाणले बताए ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवम नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीका जनप्रतिनिधि र जनता विकासको गफ मात्र होइन, काम गरेर देखाउँछन् भन्ने जिल्लामा निर्माण भएका यस्ता आयोजनाबाट देखिएको बताए । रुपन्देही विकासका मुद्दामा अघि बढेको उल्लेख गर्दै उनले विकासका लागि नमूना जिल्ला बन्दै गएको बताए । उनले भने, ‘रूपन्देही नयाँ-नयाँ मानक स्थापित गर्न सक्षम छ, हिजो सुरू गरिएका आयोजना आज उद्घाटन गर्ने अवस्थामा छौँ ।’उनले सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि तीनै तहका सरकारले मिलेर बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस