कपिलवस्तुमा गोली हानी एक जनाको हत्या « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कपिलवस्तुमा गोली हानी एक जनाको हत्या


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ। कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समूहले गोली हानेर एक जनाको हत्या गरेको छ ।

मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ वर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ ।

पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्‍याएर गोली प्रहार गरेका थिए ।

गोली लागेर गम्भीर घाइते भएका पासीको उपचारका लागि कपिलवस्तु अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

कपिलवस्तु अस्पतालको ईमरजेन्सीमा कार्यरत डाक्टर खगेन्द्र चौधरीका अनुसार मृतकको बायाँ तिघ्रामा गोली लागेर छेडिएको छ ।

तिघ्रामा गोली लागेका उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको डा। चौधरीले बताए । गोली प्रहारको घटनामा संलग्नहरुको खोज तलासका लागि प्रहरीको टोली घटनास्थल खटाइएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

सम्बन्धित समाचार : अज्ञात समूहको गोली लागि १ जना घाइते 

Tags :
प्रतिक्रिया दिनुहोस