२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरी तस्करी बढेपछि रुपन्देहीको फरेनिया बजार बन्द

अ+ अ-

काठमाडौँ । भारतसँग जोडिएका रुपन्देहीका दक्षिणी सीमा क्षेत्रमा चोरी निकासी बढेपछि रुपन्देही प्रशासनले फरेनिया नाकामा लाग्ने हाटबजार बन्द गराएको छ । बजार गर्न जाने नेपाली तथा भारतीयले अवैध रूपमा मालसामान चोरी निकासी गर्ने गरेको पाएपछि प्रशासनले उक्त हाटबजार बन्द गराएको हो ।

भारतसँग जोडिएका रुपन्देहीका सीमा क्षेत्रमा अवैध रूपमा चोरी तस्करी बढेको समाचार सार्वजनिक भएपछि बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको राजस्व चुहावट नियन्त्रण समितिको बैठकले दसैँ, तिहार, छठ पर्वसम्म बजार लगाउन रोक्ने निर्णय गरेको हो । यो समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी छन् ।

केही दिन अघि भैरहवाका उद्योगी व्यवसायीहरूको क्रियाशील संस्था सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देही र उद्योग व्यापार सङ्गठन रुपन्देहीले पत्रकार सम्मेलन गरेर भैरहवा तथा यस आसपास सीमावर्ती क्षेत्रमा लाग्ने बजार तथा त्यस क्षेत्रबाट हुँदै आएको चोरी निकासीबाट आफूहरूको व्यापार प्रभावित भएको गुनासो गरेका थिए । गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयमा बसेको राजस्व चुहावट नियन्त्रण समितिको बैठकले यो समस्यालाई समाधान गर्ने प्रयास गरेको हो ।

यसैगरी समितिले मालसामान चोरी निकासी हुने शङ्कास्पद स्थान पहिचान गरी भन्सार कार्यालयको गस्ती परिचालनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आन्तरिक राजस्व कार्यालयले बजार अनुगमनलाई चुस्त तथा तीव्र बनाउने, सुरक्षा निकायहरूले भारतीय सीमा नाकामा हुन सक्ने चोरी पैठारीको उच्च जोखिम भएका स्थानहरूमा प्रभावकारी रूपमा नियमित एवं आकस्मिक गस्ती परिचालन गर्ने निर्णय गरिएको समितिका सदस्यसचिव ज्ञानेन्द्रराज ढकालले जानकारी दिए ।

साथै राजस्व अनुसन्धान कार्यालयमार्फत सुराकी समेत परिचालन गरी अनुसन्धान कार्यलाई थप विस्तार गरी मालवस्तुहरु चोरी निकासी हुनबाट रोक्ने निर्णय समितिले गरेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस