५५ उपसचिवको सरुवा, फेरिए प्रमुख कर अधिकृतदेखि प्रमुख भन्सार अधिकृतसम्म  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

५५ उपसचिवको सरुवा, फेरिए प्रमुख कर अधिकृतदेखि प्रमुख भन्सार अधिकृतसम्म 


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । अर्थ मन्त्रालयले ५५ जना उपसचिवको सरुवा गरेको छ । 

मन्त्रालयले मातहतमा कार्यरत प्रमुख कर अधिकृतदेखि प्रमुख भन्सार अधिकृत तथा निर्देशकहरूको फेरबदल गरेको हो । 

अवधि पुगेका र नयाँ टिम मिलाउनका लागि ती अधिकृतहरूको सरुवा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । काम र दामका हिसाबले आकर्षक मानिने केही कार्यालयहरूमा जान विगतदेखि नै कर्मचारीको ठुलै रस्साकस्सी चल्ने गर्छ । 

केही दिन अघि मात्रै एयरपोर्ट भन्सारदेखि ठुला करदाता प्रमुखसम्मै गरी १० जना सहसचिवको सरुवा गरिएको थियो । 

सम्बन्धित समाचार : १० सहसचिवको जिम्मेवारी फेरबदल, फेरिए एयरपोर्ट र वीरगन्ज भन्सार प्रमुख

Tags :
प्रतिक्रिया दिनुहोस