२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामसङको एलईडी टिभी नेपालमै बन्ने, नेपालका लागि कोसेढुंगा साबित

अ+ अ-

नवलपरासी । सामसङ ब्रान्डको एलईडी टिभी अब नेपालमै बन्ने भएको छ ।

गोल्छा अर्गनाइजेसनअन्तर्गतको हिम इलेकट्रोनिक्स र सामसङको सहकार्यमा सामसङ एलईडी टिभी नेपालमै एसेम्बल गर्न लागिएको हो ।

त्यसका लागि पश्चिम नवलपरासीको भूमहीमा उद्योगको स्थापना गरिने भएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीएफओ एचके पार्कले उद्योगको शिलान्यास गरे ।

कार्यक्रममा मन्त्री बडूले नेपाल सामसङका उत्पादनको ठुलो आयातकर्ता भएको बताउँदै नेपालमा थप लगानी गर्न आग्रह गरे । एसेम्बल, प्रविधि आदानप्रदान नेपालका लागि कोसेढुंगा साबित हुने उनको भनाइ छ । उनले भने, ‘यसले नेपालमा रोजगारीको अवसर सिर्जना हुनुका साथै एफडीआई ल्याउन पनि मद्दत पुग्छ । सामसङलाई लगानी बढाउन आग्रह गर्छु । वैदेशिक लगानीको संरक्षण सरकारले गर्छ ।’

अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले एसेम्बल उद्योगको स्थापनाले नेपालमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा वृद्धि हुने आशा व्यक्त गरे ।

उनले भने, ‘यो सामसङसँगको हाम्रो २२ वर्ष लामो सहकार्यको सुखद परिणाम हो । उद्योगले नेपालको उत्पादन यात्रामा एक महत्त्वपूर्ण अध्यायको सुरुवात गर्नेछ । टिभीको एसेम्बल सुरु भएपछि २ वर्षमा ५ सय जना भन्दा बढीलाई रोजगारी दिनेछौँ । अधिकांश कामदारहरू अर्धदक्ष हुनेछन् । सुरुमा प्रतिदिन ५० देखि १ सय टिभी उत्पादन गरिने र उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएपछि प्रतिदिन १ हजार वटा उत्पादन गरिने लक्ष्य छ ।’

प्रतिक्रिया दिनुहोस