मन्त्रिपरिषद् बैठक १० बजे बस्दै, सचिव बढुवा र बोर्डको कार्यकारी निर्देशक नियुक्ति हुँदै  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक १० बजे बस्दै, सचिव बढुवा र बोर्डको कार्यकारी निर्देशक नियुक्ति हुँदै 


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बोलाइएको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डालगायत केही नियुक्ति तथा निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजकै बैठकमा प्रशासनतर्फ रिक्त एक सचिव पदका लागि बढुवा निर्णय हुँदै छ भने वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकको नियुक्त गर्ने निर्णय पनि आजै गरिने जनाएको छ ।

भदौ दुई गते बिहीवार सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा नारायण शर्मा दुवाडी, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियो । 

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

यसैगरी श्रावण ३० गते वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युवराज बस्नेत, निर्मल उप्रेती र डा. द्वारिका उप्रेतीको नाम सिफारिस गरेको थियो । 

सम्बन्धित समाचार : कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस