२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा झाडापखालाबाट एक बालिकाको मृत्यु, १७ जना बिरामी

अ+ अ-

काठमाडौँ। दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ मा झाडापखालाबाट एक जनाको मृत्यु भएको छ भने १७ जना बिरामी भएका छन् ।

राजपुर गाउँपालिका वडानम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षीय सम्झना परियारको झाडापखालाबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भैसाहीँनाकाले जनाएको छ । उनको मृत्यु भएलगत्तै स्थानीयले वडाध्यक्षलाई खबर गरेपछि स्वास्थ्यकर्मीको टोली घटनास्थलमै पुगेको हो ।

बिहीबार दिउँसोबाट एक्कासी झाडापखालाबाट ग्रसित भइ उपचारको क्रममा बेलुका ४ बजे घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा नम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ९ वर्षीय अस्मिता बुढा, सोही ठाउँ निवासी २८ वर्षीय लालमति परियार, उनकी छोरी ३ वर्षीय सपना परियार, ५३ वर्षीय सेषमति बुढाथोकी, २३ वर्षीय विमला राना, डेर वर्षीय (बालक) हिमाल राना, ४ वर्षीय सुदिप राना, ४३ वर्षीय बालाराम गिरी झाडापखालाबाट ग्रसित भएको राजपुर स्वास्थ्य चौकीका प्रमुख खिमबहादुर रावलले जानकारी दिए ।

यस्तै, वडा नम्बर ७ भैसाहीँनाका निवासी ३५ वर्षीय गङ्गाराम परियार, ३८ वर्षीय केशरबहादुर घर्ती, २८ वर्षीय प्यारी राना, १२ वर्षीय शेरबहादुर घर्ती, ६८ वर्षीय अम्बा पुन, २७ वर्षीय शोभा गिरी, ३७ वर्षीय सुनमालि कवर, ३३ वर्षीय पार्वती कवर, डेर महिनाकी बालिका तुलसी घर्ती बिरामी परेको उनले बताए ।

झाडापखालाबाट गम्भीर बिरामी परेकाको उपचार जारी रहेको र हाल सामान्य अवस्था रहेको रावलको भनाइ छ । सरसफाइको कमी र फोहोर पानीका कारण झाडापखाला फैलिएको हुनसक्ने उनले बताए ।

राजपुर गाउँपालिकामा अन्तरगत राजपुर स्वास्थ्य चौकी प्रमुख खिमबहादुर रावल, अहेव ताराप्रसाद विक, सामुदायिक स्वास्थ्य ईकाइ भैसाहीँनाकामा कार्यरत अहेव शिवप्रसाद यादव लगायतको टोली बिहीबार बेलुका नौबजे भारती भूमि प्रयोग गरी राति दुई बजे घटनास्थलमा पुगेर शुक्रबार दिनभर बिरामीहरूको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरेको घटनास्थलमा रहेका पत्रकार शिवु खनालले जानकारी दिए ।

राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वली स्वास्थ्यकर्मी बोकेर नेपाल–भारत सीमावर्ती क्षेत्रमा पुगेका छन् । झाडापखाला र ज्वरो फैलिएको खबर आएपछि वडाध्यक्ष वली स्वास्थ्यकर्मीको टोली बोकेर सीमावर्ती क्षेत्र भैसाहीँनाका पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस