१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतमोहन अधिकारी प्रतिष्ठानद्वारा ज्येष्ठ नागरिकलाई मोबाइल वितरण

अ+ अ-

काठमाडौँ । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आफैँले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रममा शिक्षार्थीका रुपमा सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरेको छ ।

प्रतिष्ठानले ललितपुरको बुङमतिमा ४० ज्येष्ठ नागरिकका लागि गत वर्षदेखि साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कक्षामा सहभागी सबैलाई एक-एक थान मोबाइल फोन उपलब्ध गराइएको प्रतिष्ठानले जनाएको छ ।

बुधबार बुङमतिमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ज्येष्ठ नागरिकलाई मोबाइल हस्तान्तरण गरे ।

प्रतिष्ठानले अधिकारीको ८६ औं जन्मजयन्तीका अवसरमा गत वर्ष एक वर्षे ‘ज्येष्ठ नागरिकका लागि आधारभूत शैक्षिक कार्यक्रम’ मार्फत निरक्षर ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन प्रयोग गर्न र इलेक्ट्रोनिक सामान प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी लिन सक्ने बनाइने घोषणा गरेको थियो ।

समयसीमाभित्रै उक्त लक्ष्य हासिल भएको प्रतिष्ठानकी सदस्य एवं दिवंगत वामपन्थी नेता भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारीले जानकारी दिइन् । ज्येष्ठ नागरिकलाई आफन्त, साथीभाइ र सन्तानहरुसँग कुराकानी गर्न सहज होस् भन्नका लागि मोबाइल वितरण गरिएको अधिकारीले बताइन् ।

प्रतिष्ठानले प्रदेश–१ को विराटनगरमा पनि यस्तै प्रकृतिको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमलाई सातवटै प्रदेशमार्फत देशभर विस्तार गरिने प्रतिष्ठानकी अध्यक्ष एवं भरतमोहनकी पत्नी सविता अधिकारीले जानकारी दिइन् ।

तत्कालीन एमाले नेतृत्वको अल्पमत सरकारका अर्थममन्त्री छँदा अधिकारीले आफ्नो गाउँ आफैं बनाऔँ, गाउँगाउँमा सहकारी, घरघरमा भकारी, ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता, एकल महिला भत्ताजस्ता कार्यक्रमको थालनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस