काठमाडौँ । संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंसिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८२ दल दर्ता भएका हुन् ।
यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजैबाट जाँचबुझ सुरु गरिनेछ । राजनीतिक दलले पेश गरेका कागजपत्र सही छन कि छैनन् ? भन्ने बारेमा आजवाट नै जाँच बुझ गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।


