३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्तारुढ गठबन्धनको प्रभावमा नपर्न सर्वोच्चलाई ओलीको चेतावनी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत सत्तारुढ गठबन्धनको प्रभावमा नपर्न चेतावनी दिएका छन् ।

शनिबार राष्ट्रिय युवा संघको कार्यक्रममा उनले कामु प्रधानन्यायाधीशसँग सत्तारुढ दलका नेताहरुको खासखुस बढेको टिप्पणी गरेका हुन् ।

‘एक जना नेता कुदेर कामु प्रधानन्यायाधीशकोमा गएर दुई घण्टा बसे र त्यहाँबाट बाहिर निस्किए, ती नेता घरतिर लागिन् । श्रीमानजी अदालततिर लागे, के भयो त्यहाँ ?’ उनले प्रश्न गरे ।

अदालतमा लेनदेन हुने गरेको भन्दै ओलीले यो घटनालाई आफूहरुले नजिकबाट हेरिरहेको टिप्पणी गरे । ‘हामी विनम्रताका साथ आग्रह गर्न चाहन्छौं, सम्मानित सर्वोच्च अदालतबाट न्याय सम्पादन हुनुपर्छ कुनै खुसामद होइन, कुनै खासखुस, कुनै लेनदेन हुने होइन, जसको चर्चा चल्ने गरेको छ ।’

सर्वोच्चका न्यायाधीशहरुले नै अदालत भ्रष्ट भएको टिप्पणी गरेको भन्दै ओलीले त्यसबाट मुक्त हुन न्यायाधीशहरु नै सचेत हुनुपर्ने ओलीले बताए । उनले सर्वोच्च अदालतमा सत्तारुढ गठबन्धनको प्रभाव पर्न नहुने बताए ।

‘यो गठबन्धन भनेको दुई दिनको पाहुना हो, ढोडका लौराको भर परेर नचल्न म आग्रह गर्छु’ उनले चेतावनीको शैलीमा भने, ‘यदि देशको पक्षमा लोकतन्त्रको पक्षमा न्यायको पक्षमा कदम चाल्नुपर्यो भने नेकपा एमालेले पनि कदम चाल्न सक्छ, कदम चाल्न तयार छ ।’

प्रतिक्रिया दिनुहोस