२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेल सेवा विस्तारको तयारीले महोत्तरीमा उत्साह

अ+ अ-

महोत्तरी । जयनगर–जनकपुर–कुर्था खण्डमा सञ्चालित रेल सेवा थप विस्तारको कुराले महोत्तरीमा उत्साह छाएको छ ।

नेपाल रेल्वे कम्पनीले अब एक महिनाभित्रै सेवा महोत्तरीको भङ्गाहासम्म विस्तार गर्ने बताएसँगै यस भेगका सर्वसाधारणमा खुसी छाएको हो ।

हाल जयनगर–जनकपुर–कुर्था खण्डको ३५ किलोमिटरमा सञ्चालित रेल सेवा अब थप १७ किमीमा विस्तार गरिने कम्पनीले तयारी गरेको हो ।

धनुषाको अन्तिम स्टेसन कुर्थाबाट अब रेल सेवा महोत्तरी प्रवेश गरेर चाँडै भङ्गाहासम्म विस्तार गरिने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताएपछि यहाँका लोहारपट्टी, बलवा, भङ्गाहा र बर्दिबास नगरपालिका एवं पिपरा गाउँपालिकाका दर्जनौँ बस्तीमा रेल चढ्न पाइने कुराले उत्साह छाएको हो ।

‘अब त भङ्गाहाको बिजलपुरा स्टेसनसम्म चाँडै रेल चल्छ रे’, बर्दिबास नगरपालिका–७ प्रेमनगरका पाका सामाजिक कार्यकर्ता ७० वर्षीय रामेश्वर महतोले भने, ‘अब जनकपुर हुँदै भारतीय बजार जयनगरसम्म हाम्रो दैनिक आवतजावतमा सहजता हुनेछ ।’ बर्दिबास–७ को प्रेमनगर, वडा नं ९, १२ र १३ का क्रमशः पशुपतिनगर, जुडीटोल र भेडियारीटोल बस्ती रेल्वेको बिजलपुरा (भङ्गाहा) स्टेसनबाट टाँसिएका बस्ती हुन् ।

त्यसैगरी लोहारपट्टी, बलवा र भङ्गाहा नगरपालिका एवं पिपरा गाउँपालिकाका ४० भन्दा बढी बस्ती रेल्वेका कुर्था–बिजलपुरा (भङ्गाहा) खण्डका स्टेसनहरू पिपराढी, लोहारपट्टी, सिङ्ग्याही र भङ्गाहा (बिजलपुरा) सँग जोडिएका छन् ।

कुर्था–बिजलपुरा खण्ड रेल सेवा विस्तार हुनासाथ दुग्ध उत्पादन र तरकारी उत्पादनमा उर्वर मानिने बलवा, भङ्गाहा र लोहारपट्टी नगर क्षेत्रका किसान आफ्ना उत्पादनले तत्काल जनकपुर मात्र नभएर भारतीय बजार पनि पाउने आसले उत्साहित भएका हुन् ।

भर्खरै बिजलपुरासम्म रेल सेवा विस्तारका लागि महाप्रबन्धक झाको नेतृत्वमा सुरक्षा र प्रशासनिक निकायका प्रमुखसहितको टोलीले स्थलगत निरीक्षण अवलोकन गरेपछि अबचाहिँ रेल चढ्न पाइने भयो भन्ने यस भेगका सर्वसाधारणमा आस जागेको छ ।

वर्षौँदेखि रोकिएको रेल सेवा सञ्चालनको सपना अब पूरा हुने आस पलाएको भङ्गाहा–१ कविलासाका रामशङ्कर मण्डल बताउँछन् । अब आफ्ना कृषि उपज सोझै जनकपुर र भारतीय बजार जयनगरसम्म तुरुन्तै पुर्‍याउन सकिनेमा मण्डलले खुसी व्यक्त गरे ।

जयनगर–बर्दिबास रेल्वे विस्तार परियोजनाको पहिलो खण्ड जयनगर–कुर्थाको ३५ किलोमिटर दूरीमा गत चैतमै सेवा सञ्चालन भइसकेको छ । परियोजनाको दोस्रो खण्ड कुर्था–भङ्गाहामा सेवा सञ्चालनका लागि सबै भौतिक संरचना तयार रहेका हुँदा अब साउनभित्रै रेल चलाइने कम्पनीका महाप्रबन्धक झाको प्रतिबद्धता छ ।

‘अब दोस्रो खण्डमा रेल सेवा सञ्चालनमा भौतिक तयारी पूर्ण छ, बस् संरचना तयार गर्ने निर्माण कम्पनीले हामीलाई भौतिक संरचना हस्तान्तरण गर्न बाँकी छ’, महाप्रबन्धक झाले भने, ‘हस्तान्तरण प्रक्रियाका काम अघि बढेका छन्, अब साउनभित्रै दोस्रो खण्डमा सेवा सञ्चालन गर्न सकिन्छ ।’ दोस्रो खण्डमा रेल चल्न थालेपछि यो परियोजनाभित्रको ५२ किमी दूरीमा सेवा पुग्नेछ ।

बिजलपुराबाट बर्दिबाससम्मको तेस्रो खण्डको १८ किमी दूरीमा पनि दोस्रो खण्डमा सेवा सञ्चालन भए लगत्तै निर्माण कार्य अघि बढ्ने महाप्रबन्धक झाको भनाइ छ ।

अहिलेसम्मको कामको प्रगतिले यही साउन ३० गते (अगस्ट १५ तारिख)का दिन सेवा विस्तार गरिने तयारी रहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारतको इर्कन कम्पनीले निर्माण गरेको दोस्रो खण्डको संरचना सो पक्षले हस्तान्तरण गर्नासाथ सेवा विस्तारको मिति तय गरिने महाप्रबन्धक झाको भनाइ छ ।

‘अब परियोजनाको कामले गति लिएको हुँदा तेस्रो खण्ड (बिजलपुरा–बर्दिबास)को निर्माण कार्य पनि चाँडै सुरु गरिनेछ’, महाप्रबन्धक झाले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘अब निर्माण कार्य अघि बढाउन अड्चन छैनन् ।’ यसअघि तेस्रो खण्डको जग्गा मुआब्जा समयमा नहुँदा निर्माण काम अघि बढ्न सकेको थिएन । ‘अब प्रस्तावित जग्गा रेल्वेको नक्सामा आइसकेको छ, पहिलेका जग्गाधनीले धमाधम मुवाब्जा लिइरहेका छन्, तेस्रो खण्डको काम छिट्टै सुरु हुन्छ’, उनले भने ।

सन् २०१० मा भारत सरकारको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सम्झौता भएको थियो । भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का पाएका भारतीय इर्कन इन्टरनेशनल कम्पनीले सन् २०११ जनवरीदेखि निर्माण कार्य थालेको थियो ।

तीन खण्डमा निर्माण काम गरिने तालिकाअनुसार पहिलो र दोस्रो खण्डको निर्माण कार्य सम्पन्न भएपछि अब तेस्रो खण्डको काम थालिने तयारी बढेको हो ।

गत चैत १९ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा पहिलो खण्ड (जयनगर–जनकपुर–कुर्था)को रेल सेवा सञ्चालनको भर्चुअल माध्यमबाट हरियो झन्डा देखाएर उद्घाटन गरेका थिए ।

त्यसयता जयनगर–जनकपुर–कुर्थासम्म दैनिक दुई पटक रेल सेवा सञ्चालन हुँदै आएको छ । अब बिजलपुरासम्म रेल सेवा सुरु भएपछि यसको सेवा दूरी ५२ किलोमिटर हुनेछ ।

भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेलवे विस्तारको काम सुरु गरिएको हो ।

विसं १९९४ जुद्ध शम्शेरका पालामा सुरु भएको बिजलपुरा–जनकपुर–जयनगर ५२ किमी रेलमार्ग विसं २०५८ को बर्खे भेलले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि सेवा जनकपुर–जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो ।

पछि ब्रोडगेज रेल्वे विस्तारको काम थालिएपछि त्यो सेवा पनि रोकिएको थियो ।

सन् २०१९ भित्रै रेल सञ्जाल विस्तारको निर्माण काम सम्पन्न गरिने प्रारम्भिक लक्ष्य लिइएको थियो । मुलुकको राजनीतिक उतारचढाव, बाढी प्रकोप र जग्गा मुआब्जा निर्धारणमा भएको ढिलाइले समयमा काम सम्पन्न गर्न नसकिएको रेल विभागले जनाएको छ ।

नेपालमा पहिलो रेल सेवा विसं १९८४ मा चन्द्रशम्शेरको पालामा रक्सौल–अमलेखगन्ज सुरु भएको थियो ।

नेपाल र भारत सरकारबीच सन् २०१० मा भएको रेल विस्तार परियोजनासम्बन्धी सम्झौता भएर यो काम अघि बढेको हो । सम्झौतामा जग्गा नेपाल सरकारले उपलब्ध गराउने र निर्माणसम्बन्धी सम्पूर्ण खर्च भारत सरकारले गर्ने सम्झौताअनुसार अहिलेसम्म ५२ किमी दूरीभित्र रेल्वे ट्र्याक, स्टेसन भवन, पुलपुलेसा, खानेपानी, विद्युत्लगायतका सबै संरचना भारतले बनाएको हो ।

अब तेस्रो खण्डमा पनि निर्माण काम भारतले गर्नेछ । यस परियोजनामा भारत सरकारले रु सात अर्ब २० करोड रकम सहयोग गर्ने सम्झौता भएको थियो । तालिकाअनुसारको अवधिभित्रै निर्माण कार्य सम्पन्न हुन नसक्दा पछिल्लो मूल्यवृद्धिले लागत बढाएको छ ।

प्रतिक्रिया दिनुहोस