काठमाडौँ । कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाअन्तर्गत काम गरिरहेका करारका कर्मचारी हटाएको छ ।
असार ११ गतेको गाउँ सभाबाट आर्थिक वर्ष २०७९/८० देखि करार कर्मचारीको अवधि नथप्ने निर्णय गरेको हो ।
असार २४ गतेको मितिमा सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि कामकाज नगर्न करार कर्मचारीलाई सूचित गरेको छ ।
‘गाउँपालिकाको समानीकरण अनुदानबाट तलब भत्ता भुक्तानी भई २०७४ देखि करारमा रहेका कर्मचारीहरूको मिति २०७९/४/१ गतेदेखि करार सम्झौता नवीकरण नहुने निर्णय भएकोले अर्को निर्णय नभएसम्म हाजिर भई कामकाज नगर्नु हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।
