काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको समीक्षा गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
आगामी २७ गते सोमबार दिउँसो १ बजे बैठक बोलाइएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनकाअनुसार बैठकमा स्थानीय चुनावको समीक्षाका साथै अरु एजेण्डामा पनि छलफल हुनेछ ।
हेर्नुस् विज्ञप्ति :
