२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमा दास भएर बसेका नेताहरुले धारे हात नलगाउन माधवको चेतावनी

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरुप्रति आक्रोश पोखेका छन् । उनीहरु दास भएर एमालेमा बसेको भन्दै आफूहरुतिर धारेहात नलगाउन चेतावनी दिए ।

एकीकृत समाजवादीमा मन्त्री हेरफेरमा विवाद भएपछि एमाले नेताहरुले त्यसविषयमा माधव नेपालप्रति आलोचना गरेका थिए । शनिबार पार्टी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले त्यसप्रति अक्रोश पोखेका हुन् ।

अहिलेसम्मको घटनाक्रममा आफूहरुले एमालेबाट गरेको विद्रोह जायज भएको पुष्टि भएको भन्दै उनले भनेका छन्, ‘अहिले म कथित १० भाइका अभिव्यक्ति सुन्दैछु । उनीहरुको दिमागबाट नशा उत्रिएको छैन, तथानाम लेखिरहेका छन् । दासोचित ढंगले त्यहाँ बसिरहेका छन्, मूल्यमान्यता छैन, पदीय गरिमाको सम्मान पाएका छैनन्, तर पनि हामीलाई धारेहात लगाउने दुस्साहस गरिरहेका छन्, नगरुन् ।’

उनले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि अहिलेकै सत्तारुढ दलहरुबीच गठबन्बन गरेर जानुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतले गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको उल्लेख गर्दै भन्दै अध्यक्ष नेपालले भने, ‘एकातिर हामीले आफ्नो शक्तिमाथि भरोसा गरेर अघि बढ्ने र अर्को गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागिपर्नुपर्ने आवश्यकता छ ।’

स्थानीय तह निर्वाचनमा गठबन्धनका कतिपय दलले आफ्नो पार्टीलाई अपमानजनक व्यवहार गरेको भएपनि संघ र प्रदेशको निर्वाचनमा त्यस्तो नगर्ने प्रतिवद्धता जनाएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस