२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिव सरुवाको अन्तिम सूची तयार हुँदै, काठ महानगर जान हानथाप !

अ+ अ-

काठमाडौँ । सरकारले सहसचिवको सरुवा तयारी गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रारम्भिक सूचीमाथि मुख्यसचिव शङ्कर दास वैरागी रुजु गर्दैछन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका करिब एक दर्जन सहसचिवहरूलाई व्यवस्थापन गर्ने गरी तयारी अघि बढाउने भनिए पनि ‘रोजाई’का ठाउँ मिलाउँदै गर्दा यो सूची तीन दर्जन नाघ्ने प्रशासन सिंहदरवार उच्च स्रोत बताउँछ । ‘सुरुमा त बरन्डा खाली गर्नु पर्‍यो भन्ने हिसाबले मिलाउन खोजिएको हो’ ती स्रोत भन्छन् ‘तर केही शक्तिशाली सहसचिवहरूले ‘मन चाह’ ठाउँ रोजेपछि र नेताले तिनलाई नै खोजेपछि त्यहाँकालाई चलाउनु पर्ने भएसँगै यो सङ्ख्या ३५ देखि ४० जनासम्म पुग्न सक्छ’

अहिलेको सहसचिव सरुवामा काठमाडौँ महानगर केन्द्रमा रहेको छ । महानगरको प्रमुख प्रशासकीय अधिकृतका लागि ३ जना ‘पावर फूल’ सहसचिव दौडमा छ । जसमा शोभाकान्त पौडेल, सुमन दाहाल र विष्णु कोइराला रहेका छन् ।

एकताका अर्थका पावर फूल भनेर चिनिने पौडेल र दाहालसँगै स्थानीयकोसमेत अनुभव रहेका कोइराला पनि मिसिएपछि काठ महानगरको रेस बढेको छ । तर यो समाचार तयार पार्दासम्मकै अवस्थामा राजनीतिक र प्रशासनिक गठजोडबाट कोइराला काठमाडौँ महानगरबाट छुटिसकेका छन् भने पौडेल र दाहालबिच प्रतिस्पर्धा नै भएको अवस्थामा पौडेलको पल्ला भारी देखिन्छ । जसअनुसार कोइराला विराटनगर महानगरपालिका पुग्नेछन् भने दाहाल खानेपानी मन्त्रालय । त्यसो त यसअघिको पछिल्लो सूचीमा पौडेलको खानेपानी र कोइरालाको काठमाडौँ महानगर भनिएको थियो । तर प्रदेश मन्त्रालयमा रहेका दाहालको पनि इन्ट्रेस्ट देखिएसँगै त्यसपछि तीन पटक ‘गोट्टी’ सरिसकेको छ । र, मन्त्रिपरिषदबाट स्वीकृत भई पत्र हातमा नपरुन्जेलसम्म यसको यहीँ नै भन्न सक्ने अवस्था छैन । यसैबिच सबै आ–आफ्नो लिङ्क अनुसार शक्तिकेन्द्रमा पुगिसकेका छन् ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिव प्रकाश पौडेल आउँदैछन् । यद्यपि रेखा कडेँलकोसमेत मनसुवा रहे पनि पछिल्लो समय ‘पावरफूल पोजिसन’मा रहेका पौडेलले चाहेको अवस्थामा कँडेल निकै कदम पछि रहनेछिन् । सञ्चार र राष्ट्रिय योजना आयोगमा थप दुई सहसचिवको रिक्त हुँदै गर्दा त्यसपछि मात्रै को कहाँ भन्ने थप तय हुनेछ ।

यदि आउँदो सोमबारको मन्त्रिपरिषद् बैठकले नै सरुवाको निर्णय गरेको अवस्थामा दर्जन जति सहसचिवको मिलान हुनेछ भने त्यसपछिको बिहीबारसम्म पुगेको अवस्थामा भने यो सङ्ख्या तीन गुणा बढ्ने छ ।

नियमित प्रक्रिया नै मानिने सरुवा पछिल्लोसमेत पूर्वानुमानको छेउ टुप्पो नै नमिल्ने अवस्थासम्म पुर्‍याइएको छ । ‘सामान्यतया: ज्येष्ठता, अनुभव, क्याडर तथा कहिलेकाहीँ इमान्दारीता र नैतिकतालाईसमेत आधार मानिने गरिन्थ्यो’, एक सचिवले प्रशासनलाई भने, ‘अव त यस्तो भयो कि नसोचेकै व्यक्ति आउनेभएपछि को कहाँ नै अनुमान गर्न गारो छ ।’

बाटैबाट सरुवा परिवर्तन हुने तथा परम्परा नै तोडेर पठाउने/हटाउने र मन नपरेकोलाई अतिरिक्तमा थन्क्याउने प्रचलन पछिल्लो समय सामान्य जस्तै बनेको छ । पहुँच हुनेहरू एक तह मुनीकै भए पनि प्रमुख भई बस्ने र वरिष्ठ नै किन नहोस् बरन्डाको बास बस्नुपरेको अवस्था पनि नौलो होइन ।

सम्बन्धित समाचार : २३ दरबन्दी रिक्त राख्दै १३ सहसचिवलाई ‘बरण्डा’को बास !

राजपत्राङ्कित प्रथम श्रेणीको सरुवा सरकार अर्थात् मन्त्रिपरिषद्ले गर्ने कानुनी प्रावधान भए पनि तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पालामा कहिले काहीँ एक दुई पनि व्यवस्थापन गर्नुपर्ने र धेरै पटक हुँदा झन्झट हुने भन्दै अधिकार प्रत्यायोजन गरी सुरु काज सामान्यले खटाउने र अन्तिममा एकै पटक मन्त्रिपरिषदबाट पास गराइँदै आइएको थियो । तर, पछिल्लो समय हालका मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले मुख्यसचिव र प्रधानमन्त्रीलाई नै नसोधी आफैले गर्न थालेपछि केही दिन अघि मात्रै मुख्यसचिव वैरागीले पत्र नै पठाएर सुरु काज खटाउन सक्ने अधिकार खोस्दै एकै पटक सिधै मन्त्रिपरिषदबाट गराउने भनेको थियो ।

प्रतिक्रिया दिनुहोस