२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगर : २५ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ ।

महानगरको चालु आर्थिक वर्षका लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बराबरको बजेट विनियोजन गरिएको थियो ।

आगामी आवका लागि चालुआवको भन्दा रु सात अर्ब भन्दा बढीको बजेट ल्याउन लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । आगामी आवको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने पनि उनको भनाइ थियो ।

चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धनजस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ ।

चालु आवमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट विनियोजन गरिएको थियो । चालु आवकै बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रमा रु ५५ करोड, सामाजिक विकासमा रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासमा रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रु एक अर्ब १५ करोड विनियोजन गरिएको थियो । आगामी वर्षका लागि महानगरले शुक्रबार बजेट ल्याउन तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस