बारा । बारामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई हिजो (बुधबार) राति पक्राउ गरेको छ ।
किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाईफकाई जङ्गलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।