काठमाडौँ । नारायणगढ मुग्लिन सडक खण्डमा चिप्लिएर लड्दा गाडीका सहचालक बेपत्ता भएका छन् ।
काठमाडौँबाट धनगढी तर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक चितवनको ईच्छाकामना-५ स्थित खहरे खोलामा चिप्लिएर खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कैलालीको गोदावरी बस्ने ३५ वर्षका सहचालक तेज बहादुर बोहरा बसको ढोकाबाट झरी खाजा (चाउचाउ) किन्न भनी जाँदै गर्दा चिप्लिएर खोलामा खसेका छन्।
अहिले सशस्त्र प्रहरीको बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको उद्दार टोली घटनास्थलमा पुग्दै छ । सहचालक बोहराले लगाएको चप्पल केही तल फेला परेको भएता पनि हाल सम्म उनलाई फेला पार्न सकिएको छैन ।