काठमाडौँ । भोलि (असार १ गते) देखि मतदाता नामावली सङ्कलन कार्य पुनः सुचारु हुँदै छ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली सङ्कलन कक्ष स्थापना गरी नामावली सङ्कलन गरिने जनाइएको छ ।
जिल्ला प्रशासनले सूचनामा जारी गर्दै काठमाडौँ जिल्ला बाहेकहरूको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
