काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पदाधिकारीका कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ ।
नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो ।
उक्त ताला खोल्ने निर्णय भएको नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए ।
‘त्रिवि भित्रका भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै तत्कालका लागि तालाबन्दीलगायत आन्दोलन स्थगित गरिएको छ,’ उनले भने ।
ताला खोल्न अनेरास्ववियुले पनि माग गर्दै आएको थियो। त्रिवि पदाधिकारी भ्रष्टाचारमा संलग्न रहेको आरोपसहित नेविसंघले बर्खास्त गर्न माग गर्दै ताला लगाउँदै आएको थियो ।
