काठमाडौँ । सरकार र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिबिच शुक्रवार वार्ता हुने भएको छ ।
काठमाडौँ उपत्यकाको फोहोर विसर्जनमा देखिएको समस्या समाधानका विषयमा सहरी विकास मन्त्रालय र सरोकार समितिबिच वार्ता हुन लागेको हो ।
वार्ताका लागि बिहान ८ बजे सरोकारवाला सबैलाई बोलाएको छ । वार्तामा सङ्घर्ष समिति, नुवाकोट ककनी गाउँपालिका, धादिङको धुनीबेंसी नगरपालिका प्रमुख/ उपप्रमुख, वडाध्यक्ष, प्रभावित स्थानीय प्रतिनिधिहरूको सहभागिता रहनेछ ।