२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशगजा नजिकै भारतीयले खनेको कुलो भत्कायो सशस्त्रले

अ+ अ-

काठमाडौँ । महोत्तरीको जलेश्वरस्थित नेपाल-भारत सीमा क्षेत्र नजिकै भारतीय पक्षले स्काभेटर प्रयोग गरी कुलो/नहर खनेर पानीको बहाव नेपालतर्फ फर्काउने प्रयास गरेका छन् ।

मंगलबार मध्यराति नेपाल–भारत सीमावर्ती क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका ३, खैरागाउँबाट दक्षिणतर्फ भारतको सितामढी जिल्लाको श्रीखण्डी ग्राम पञ्चायत–४ का स्थानीयले पानीको बहाव नेपालतर्फ फर्काउन स्काभेटरले खनेको कुलो सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीको टोलीले भत्काएर पुरानै अवस्थामा कायम गरेको हो ।

भारतले कुलो खनेको स्थान नेपाल–भारत सहायक सीमा स्तम्भ ३००-६ (४) नम्बरबाट ३ मिटरभित्र पर्छ । भारतीयले खनेको कुलो कायम रहने हो भने त्यहाँबाट पानी एकत्रित भई नेपालतर्फै फर्किन्छ तर सशस्त्रले कुलोको स्थान पुरेपछि पानीको बहाव छेकिएर नेपालतर्फै फर्किने सम्भावना अहिलेलाई टरेको हो ।

नेपालतर्फ पानीको बहाव फर्काउन एकतर्फी कुलोरनहर खन्ने केही भारतीयलाई स्काभेटरसहित नियन्त्रणमा लिई सचेत गराएर भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको महोत्तरीस्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय स्रोतले जानकारी दियो ।

मध्यरातमा भारतीयले स्काभेटर प्रयोग गरी कुलो खन्न थालेको सूचना पाएपछि नेपालतर्फको खैरागाउँका स्थानीयले सशस्त्र प्रहरीलाई खबर गरेका थिए । त्यसको केहीबेरमा जलेश्वरस्थित बोर्डर आउट पोस्ट (बीओपी)बाट खटिएको सशस्त्रको टोलीले स्काभेटरसहित केही भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि नजिकै भिट्टामोडमा रहेको भारतीय सशस्त्र सीमा बल (एसएस)सँग समन्वय गरेर सशस्त्रले नियन्त्रणमा लिइएका व्यक्तिलाई माफी मगाएर जिम्मा लगाएको थियो ।

गत जेठ १८ मा मात्रै कञ्चनपुरको दोधारा(चाँदनीस्थित दशगजा क्षेत्रको जमिन कब्जा गर्न एसएसबी र भारतीय सशस्त्र वन रक्षकले गाडेको सिमेन्टको पोल र काँडेतार सशस्त्र प्रहरीले हटाएको थियो ।

त्यसअघि वैशाख २९ मा कञ्चनपुरको दोधारा–चादनी नगरपालिका ३ बडुवालटोल नजिकै नेपाली भू-भागलाई असर पर्नेगरी भारतले नखाताल वन क्षेत्रको बाटोबाट नजिकै स्काभेटर र अरु उपकरण प्रयोग गरी बनाएको ढुंगा र माटोको अग्लो संरचना पनि सशस्त्रले भत्काइदिएको थियो ।

यी तीनवटा तथ्यले पनि वर्षात्‌को समय नजिकिएसँगै भारतीय पक्ष नदीरखोलारखोल्सी र भलबाढीको प्राकृतिक बहाव छेक्न तल्लीन रहेको देखिन्छ । सीमा क्षेत्रका जिल्ला प्रशासन र सशस्त्र प्रहरी मुख्यालयले कञ्चनपुर र महोत्तरीमा जस्तै अरु ठाउँमा पनि वर्षात्‌को समयमा सीमा क्षेत्रमा भारतीय पक्षबाट अनधिकृत संरचना बनाई नेपालतर्फ बाढी फर्काउन सक्नेप्रति सचेत रहन निर्देशन दिएको स्रोतको भनाइ छ ।

नेपालको झापादेखि कञ्चनपुरसम्मको करिब १ हजार ८ सय ८० किलोमिटर लम्बाइको सीमा क्षेत्रमा नदी तथा खोलाको प्राकृतिक बहाव थुनेर भारतले डेढ दर्जनभन्दा बढी स्थानमा बाँध तथा तटबन्ध बनाएको छ । यसबाहेक वर्षात्‌को समयमा सीमा क्षेत्रमा नेपालबाट प्राकृतिक रुपमा बग्ने पानीको बहाव छेक्न पनि भारतीय पक्षबाट तटबन्धदेखि अन्य अग्ला संरचना बन्ने गरेका छन् ।

संरचना निर्माणले पूर्णता नपाउँदै कतिपय संरचना स्थानीय प्रशासन र सीमा सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीले हटाए पनि संरचना बनिसकेपछि हटाउन भने भारतीय पक्षले अटेर गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस