२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहका जनप्रतिनिधिले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिने

अ+ अ-

गण्डकी । कास्कीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निजी क्षेत्रसँगको सहकार्यमा पालिकामा समृद्धि र विकासका काम अघि बढाउने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा हिजो (बुधबार) आयोजित नवनिर्वाचित जनप्रतिनिधिको सम्मान एवं अन्तरक्रियामा वक्ताहरूले निजी क्षेत्रसँगको सहकार्यका माध्यमबाट अघि बढ्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने बताए ।

नवनिर्वाचित जनप्रतिनिधिलाई निजी क्षेत्रका एजेन्डाबारे जानकारी गराउने, सहकार्य र सम्भावनाका क्षेत्र पहिचान गर्ने उद्देश्यले सम्मान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सङ्घका अध्यक्ष नारायण कोइरालाले बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी तथा पोखराका वडाध्यक्षहरूलाई सम्मान गरिएको थियो ।

प्रमुख आचार्यले महानगरको सबैभन्दा ठुलो चुनौती सुशासन कायम गर्नु रहेको उल्लेख गर्दै आउँदा केही दिनभित्रै महानगरले एउटै ढोकाबाट सबै सुविधा दिने उद्घोष गरे । उहाँले करको दर परिवर्तन गर्न आफू तयार रहेको बताए ।

मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले कृषि र पर्यटनको माध्यमबाट समृद्धिको परिकल्पना गरेको उल्लेख गर्दै सो क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह गरे ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले भूमि बैङ्क स्थापना गरेको र त्यही बैङ्कमार्फत कृषि कर्म गर्न चाहने व्यवसायीलाई जग्गा उपलब्ध गराउने बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चक्रपथ विस्तारमा ध्यान दिन आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बाबुराम गिरीले पोखरामा सम्पत्ति कर अन्य पालिकाको भन्दा महँगो भएको गुनासो गर्दै लगानीमैत्री वातावरण निर्माण तथा कृषिको व्यावसायिकरणमा लाग्न आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले पोखरा महानगरले एउटै ढोकाबाट कर तिर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, महासचिव सुरेन्द्रमान विजुक्छेलगायतले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस