२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार दिनदेखि हराइएकी बालिका मृत भेटिइन्

अ+ अ-

वीरेन्द्रनगर । चार दिनदेखि हराइएकी सुर्खेतकी एक बालिकाको शव फेला परेको छ ।

गुर्भाकोट नगरपालिका-५ बेतेनीकी ७ वर्षीया बालिका ग्रीस्मा विक मृतावस्थामा फेला परेकी हुन् ।

शनिबार हजुरआमासँगै गाउँमा भोज खान गएकी विक सोही दिन बेलुकाबाट हराएकी हुन् । सो दिन परिवारले आफन्तकोमा गएको होला भनेर खोजतलास गर्दा फेला नपरेपछि भोलिपल्ट प्रहरीकोमा खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार बालिकाको शव विकको घरदेखि १०० मिटरको दूरीमा आज बिहान फेला परेको छ । चोट लागेको अवस्थामा बालिकाको शव फेला परेकाले उनको हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रहरीले शङ्कास्पद स्थानीय २० वर्षीय घनश्यान विकलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ । प्रहरीले घटनाको स्थलगतरुपमा अनुसन्धान गरिरहेको बताएको छ ।

मृतावस्थामा ७ वर्षीया बालिका फेला परेको र प्रहरी घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेकाले पूर्ण वितरण नआइसकेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । शव परीक्षणपछि हत्या भए नभएको रिपोर्ट आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस