२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोकर्णेश्वर नगर कार्यपालिकामा एमालेको समूह निर्वाचित

अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका कार्यपालिकाको निर्वाचनमा नेकपा (एमाले)को समूह निर्वाचित भएको छ ।

नगर कार्यपालिकाको निर्वाचनका लागि नेपाली काँग्रेस र एमाले गरी दुई दलले उम्मेदवारी दर्ता गराएकोमा एमालेको समूह निर्वाचित भएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिइन् ।

निर्वाचित हुने महिला सदस्यमा लक्ष्मी भण्डारी, सरिता मिजार, गौरीमाया श्रेष्ठ, माया तामाङ र सीता दर्जी छन् ।

यसैगरी दलित तथा अल्पसङ्ख्यक सदस्यमा पासाङ्वाङ्चु शेर्पा, देवीमाया लिम्बु राई कुलुङ् र हरिबहादुर विक निर्वाचित भएका छन् । निर्वाचित पाँचै जना उम्मेदवारले २४ मत पाएको नगर निर्वाचन कार्यालयले जनाएको छ । काँग्रेसका उम्मेदवारले भने २३ मत पाएका थिए ।

कार्यपालिका निर्वाचनका लागि ४७ मतदाता थिए । कार्यपालिका निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था छ ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेबाट २४, काँग्रेसबाट २२ र स्वतन्त्र एक सदस्य नगर सभामा निर्वाचित भएका थिए । स्वतन्त्रको मत पनि काँग्रेसलाई गएको छ ।

नगरपालिकाको–४ मा अध्यक्ष निर्वाचित जयराम महत काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र लडेर विजयी भएका थिए । विसं २०७४ मा महत वडा नं ४ को वडा सदस्यमा काँग्रेसका तर्फबाट विजयी भएका थिए ।

कार्यपालिकामा पाँच महिला सदस्य निर्वाचित नगर सभा सदस्यबाट उम्मेदवार हुने व्यवस्था छ । दलित तथा अल्पसङ्ख्यकको उम्मेदवारी भने नगर सभा सदस्य बाहिरका नगर क्षेत्रका मतदाताबाट परेको जनाइएको छ । नगर कार्यपालिकामा नगर प्रमुख र उपप्रमुख, नौ वटै वडाका अध्यक्ष रहने व्यवस्था छ ।

गोकर्णेश्वर नगर प्रमुख काँग्रेस र उपप्रमुख एमालेले जितेको छ । पाँच वडा अध्यक्ष एमाले, तीन वडा अध्यक्ष काँग्रेस र एक वडा अध्यक्ष स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् ।

गोकर्णेश्वरका निर्वाचित जनप्रतिनिधिले शपथ लिएर कार्यभार सम्हालिसकेका छन् । कार्यपालिकाको निर्वाचन भएसँगै नगरपालिकाको कार्य सञ्चालनमा सहजता आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस