२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरका सबै वडामा समान रूपमा विकास गर्नेछु : प्रमुख महर्जन

अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका वडाहरू र नयाँ थपिएका वडामा विकासका हिसाबले एकरूपता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महानगर प्रमुखका रूपमा निर्वाचित भएपछि आज पदभार ग्रहण गर्दै प्रमुख महर्जनले अहिलेको महानगरमा हिजोको उपमहानगरपालिका, कार्यविनायक नगरपालिका र गाविस गाभिएर बनेका वडा विकासमा केही पछि रहेको उल्लेख गरे ।

सबै वडामा सामञ्जस्यता ल्याउन थपिएका वडामा बढी बजेट विनियोजन गर्ने योजना रहेको उनले बताए । वडा स्तरीय बजेट र विभिन्न तहबाट जाने अनुदान रकम साबिक गाविसभन्दा बढी विनियोजन हुने उनले बताए ।

प्रमुखका रूपमा पदभार ग्रहणसँगै प्रमुख महर्जनले तीन महत्त्वपूर्ण निर्णय गरेका छन् । वडाबाट गर्ने कुनै पनि निर्णयका लागि महानगरपालिकाको केन्द्रमा आउन नपर्ने उनले बताए । उनका अनुसार विकेन्द्रीकरण कार्यान्वयनका लागि यो पहल गरिएको हो । अहिलेसम्म चक्रपथबाहिर फोहर सङ्कलन गर्न नसकेकाले अहिले महानगरले ट्रक किनेर सङ्कलन सुरु गरिने निर्णय भएको प्रमुख महर्जनले बताए । तीन सातापछि चक्रपथ बाहिर तालिका बनाएर नियमित फोहर सङ्कलन गरिने उनले बताए । राजश्व सङ्कलन अनलाइनबाट गर्न प्रक्रिया बढाइने पनि निर्णय भएको छ ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आफ्नो प्राथमिकतामा मुख्य विकास, समृद्धि र सुशासनयुक्त महानगरपालिका बनाउने बताइन् । आफूले उपप्रमुखका रूपमा जेजे जिम्मेवारी छ नीति र विधिमा बसेर पारदर्शी रूपमा काम गर्ने उनको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस