काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का चिनीकाजी महर्जन अध्यक्ष पदमा विजय भएका छन् ।
महर्जनले नेपाली काँग्रेसका प्रतिस्पर्धी शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन् ।
महर्जनले दुई हजार ६० मत प्राप्त गर्दा तण्डुकारले एक हजार ४७८ मत प्राप्त गरेका छन् ।
त्यसै गरी वडा सदस्यमा काँग्रेसका उम्मेदवार अनिल हाडा र चन्द्रमान तुलाधर विजयी भएका छन् । महिला सदस्यमा काँग्रेसको तर्फबाट ललिता खड्गी र दलित महिला सदस्यमा एमालेको गीता परियार यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
कामपामा हालसम्ममा एक लाख ४५ हजार ३६२ मत गणना गर्दा पाँच हजार ६४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।