२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न काँग्रेसको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतगणनाको माग गरेको छ ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतदानका क्रममा विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताले काँग्रेसका उम्मेदवारलाई आक्रमण, थुनछेक र लखेट्ने गरी बुथ कब्जा गरेर फर्जी मत हालेको काँग्रेसले आरोप लगाएको छ ।

‘भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई चुनौती दिँदै नेकपा एमालेका तर्फबाट सो नगरपालिकामा भएको बाहुबलको प्रयोग र बुथ कब्जा जस्तो अलोकतान्त्रिक कार्यको नेपाली काँग्रेस घोर निन्दा र भर्त्सना गर्दछ,’ काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा भनेका छन् ।

निर्वाचनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, उम्मेदवार, प्रतिनिधि र मतदातालाई सुरक्षित राख्न निषेधाज्ञा (कर्फ्यु) जारी गर्नुपरेको घटनाले स्थिति निकै भयावह भएको देखाएको काँग्रेसको भनाइ छ ।

बढ्दो असुरक्षा र भयरहित वातावरणमा निर्वाचन गर्ने अवस्था नभएका कारण निर्वाचन अधिकृतले सदरमुकाम पुगेर राजीनामा दिएको भन्दै काँग्रेसले कब्जा गरिएका मतदान केन्द्रका मतपेटिका तिनै निर्वाचन अधिकृतलाई बुझ्न बाध्य पारेको पनि बताएको छ ।

काँग्रेस मुख्य सचिव पौडेलले जारी गरेको विज्ञप्तिमा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र पारदर्शितामा गम्भीर चुनौती दिने काम भएकाले त्यसमा संलग्न उपर कानुन बमोजिम कडा कारबाहीको माग गरिएको छ ।

‘नेपाली काँग्रेस त्यसरी कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोगसमक्ष अनुरोध गर्दछ,’ पौडेलले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस