चन्द्रौटा । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार ४९४ मतान्तरले पराजित गरेका छन् ।
विसं २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका शाह निर्वाचनको केही समयअघि काँग्रेसमा प्रवेश गरेका थिए ।
त्यस्तै उपप्रमुखमा पनि जनता समाजवादीका उम्मेदवारलाई पराजित गर्दै काँग्रेसका उम्मेदवार आरतीदेवी चौधरीले पाँच हजार ६९१ मतसहित जित हासिल गरेकी छन् ।
कृष्णनगरका १२ वडामध्ये एमाले र काँग्रेसले तीन तीन, माओवादी र जसपाले दुई दुई तथा राप्रपा र बहुजन शक्ति पार्टीले एक एक वडा जितेका छन् ।