२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लमजुङका आठ स्थानीय तहमा काँग्रेस र एमालेका चार/चार विजयी

अ+ अ-

लमजुङ । यहाँ रहेका आठ स्थानीय तहमध्ये चार/चार स्थानीय तहमा काँग्रेस र नेकपा (एमाले) विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार बेँसीशहर नगरपालिकासहित, क्व्होलासोथर, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा एमाले तथा मध्यनेपाल, राइनास, सुन्दरबजार नगरपालिका एवं दूधपोखरी गाउँपालिकामा काँग्रेसले प्रमुख पद जितेको छ ।

जिल्लामा काँग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतको गठबन्धन रहेको थियो भने एमाले एक्लै चुनावमा होमिएको थियो ।

जिल्लाकै सदरमुकामसमेत रहेको र सबैको चासो रहेको बेँसीशहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल, क्व्होलासोथर गाउँपालिकामा सूर्य गुरुङ, दोर्दी गाउँपालिकामा युवराज अधिकारी र मर्स्याङ्दी गाउँपालिकामा अर्जुन गुरुङ निर्वाचित भएका छन् । बेँसीशहरका अर्याल र मर्स्याङ्दीका गुरुङ पुनः दोहोरिन सफल भएका छन् ।

त्यस्तै गठबन्धनतर्फ नेपाली काँग्रेसबाट सुन्दरबजार नगरपालिकामा कृष्णप्रसाद कोइराला, मध्यनेपाल नगरपालिकामा रमेशकुमार पाण्डे, राइनास नगरपालिकामा खड्काबहादुर गुरुङ र दूधपोखरी गाउँपालिकामा धनप्रसाद गुरुङ निर्वाचित भएका छन् ।

उपप्रमुख तथा उपाध्यक्षतर्फ एमालेले पाँच तहमा जितेको छ भने, काँग्रेसले एक र माओवादी केन्द्रले दुई पालिकामा जितेको छ । एमालेका तर्फबाट उपप्रमुख पदमा बेँसीशहर नगरपालिकामा पद्मा गुरुङ, सुन्दरबजार नगरपालिकामा भवानी केसी, मध्यनेपाल नगरपालिकामा सीता गुरुङ, क्व्होलासोथर गाउँपालिकामा गमी गुरुङ र मर्स्याङ्दी गाउँपालिकामा जुनामाया थापा निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट दूधपोखरी गाउँपालिकामा क्षेत्रबहादुर गुरुङ र राइनासमा नगरपालिकामा पुष्पराज खनाल निर्वाचित भएका छन् भने काँग्रेसका विच्छबहादुर घले दोर्दी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस