काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ३२ मा नेकपा एमाले प्यानलसहित निर्वाचित भएको छ ।
एमालेका उम्मेदवार नमराज पराजुलीले ५ हजार २२५ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी उम्मेदवार सीतादेवी कँडेल पराजुलीले ३ हजार १०८ मत प्राप्त गरेकी छन् ।