२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्द प्रशिक्षण छाड्ने खेलाडीलाई कारबाही नगर्न प्रशिक्षक अल्मुताइरीको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीसँगको विवादका बारेमा अखिल नेपाल फुटबल सङ्घ, एन्फालाई पत्र लेख्दै उनीहरुलाई कारबाही नगर्न आग्रह गरेका छन् ।

महासचिव इन्द्रमान तुलाधरलाई लेखेको पत्रमा अलमुताइरीले खेलाडीले खबर नगरी शिविर छाडेको उल्लेख गरेका छन् ।

राष्ट्रिय टोलीका सिनियर १० खेलाडीले बिहीबार पत्रकार सम्मेलन गर्दै अलमुताइरीले आफुहरुलाई क्याम्प छाड्न निर्देशन दिएको आरोप लगाएका थिए ।

खेलाडीलाई मिडियामा नजान र आफू पनि नजाने बताए पनि खेलाडीले गरेको पत्रकार सम्मेलनले आफू निकै दुःखी भएको बताएका छन् ।

खेलाडीले गल्ती गरे पनि उनीहरुलाई कारबाही नगर्नु भन्ने आशयको पत्र लेखेको महासचिव तुलाधरले जानकारी दिएका छन् ।

आफू राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा काम गर्न इच्छुक रहेको भन्दै अलमुताइरीले टोली निर्माणमा आफ्नो अधिकार रहेकाले एसियन कप छनोटका लागि भने शिविर छाडेका खेलाडीलाई नराख्ने उल्लेख गरेका छन् ।

१० खेलाडीले शिविर छाडेपछि अलमुताईरीले थप १७ खेलाडीलाई प्रशिक्षणमा बोलाएर तयारी गरे ।

प्रतिक्रिया दिनुहोस