१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिक वर्गको महत्त्वपूर्ण योगदान छ : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन र हरेक लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिक वर्गको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले १३३औँ श्रमिक दिवसको अवसरमा लोकतन्त्र प्राप्तिको आन्दोलनमा योगदान पुर्‍याउने श्रमिकप्रति सम्मान व्यक्त गरेका छन् ।

मुलुकको आर्थिक सामाजिक क्षेत्रको महत्त्वपूर्ण चालक शक्तिका रूपमा रहेको श्रमिक वर्गको काम र जीवनलाई मर्यादित बनाएर मात्रै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने उनको धारणा छ । यस वर्ष नेपाल सरकारले ‘मर्यादित श्रम, सुरक्षित रोजगार : विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाउँदै छ ।

नेपालको संविधानले सबै खाले शोषणको अन्त्य गर्ने र नागरिकलाई सम्मानयुक्त जीवनयापन गर्न पाउने मौलिक हकको व्यवस्था गरेको छ । निकृष्ट प्रकारको श्रम अभ्यासलाई अन्त्य गर्न श्रमिकको सङ्गठित हुन पाउने अधिकार र सामूहिक सौदा बाजी गर्न पाउने अधिकारलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सरकार श्रमिकको श्रमको उच्च सम्मान गर्दै उनीहरूको संविधानप्रद्धत अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

संविधानले निर्दिष्ट गरेको श्रमिकका अधिकारहरू निर्वाधरूपले उपयोग गर्न पाउने व्यवस्था गर्न श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, ट्रेड युनियन ऐन, बोनस ऐनजस्ता ऐन नियम पनि तर्जुमा भई लागू भएका छन् । देशमा हरेक वर्ष श्रम बजारमा आएका श्रम शक्तिलाई रोजगारी प्रदान गर्न, सीपमूलक तालिम प्रदान गर्न सरकारले पहल गर्दै आएको उनले बताए ।

श्रमिकका लागि सीपमूलक तालिम, व्यवहारिक शिक्षा र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकता अनुसारको सीपमूलक तालिमको व्यवस्थालाई सरकारले अझ प्रभावकारी बनाउँदै लैजाने बताउँदै प्रधानमन्त्री देउवाले समुन्नत मुलुक बनाउने अभियानमा देशभरका श्रमिकहरूको योगदानको सम्मान गर्दै श्रमिक दिवसका अवसरमा आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्न सबैमा अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस