काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको मेयरमा आफूहरूले अडान नराखेको बताएका छन् ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भरतपुर र रेणु दाहालमा आफूले अडान नलिएको दाबी गरे ।
उनले भने, ‘भरतपुर नै नभई भएन रेणु नै नभई भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने नै होला । काठमाडौँ दिने भए पनि ठिक छ, विराटनगर भने पनि ठिकै छ ।’
तर विगतको चुनावमा माओवादी केन्द्रले जितेको हुनाले माओवादी केन्द्रले भरतपुर लिँदा नै उपयुक्त हुने प्रचण्डले बताए ।