२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्दिरको नेतृत्वमा पनि दलीय बाँडफाँट, एमाले र काँग्रेसले आधा-आधा कार्यकाल नेतृत्व गर्ने

अ+ अ-

काठमाडौँ। अर्घाखाँची जिल्लामा रहेको सुपा देउराली मन्दिरको सञ्चालक समितिमा नेपाली काँग्रेस र नेकपा एमालेले राजनीतिक बाँडफाँट गरेका छन् ।

केही दिनअघि सम्पन्न अधिवेशनमा डेढ–डेढ वर्ष नेतृत्व गर्ने गरी बाँडफाँट मात्र गरेका छैनन् कार्य समितिमा समेत दुई दलले पदाधिकारीसहित सदस्य बाँडफाँट गरेका छन् ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाको सिमानामा रहेको मन्दिरमा सन्धिखर्क नगरपालिका वडा नम्बर७ र शितगंगा नगरपालिकाको वडा नम्बर २ का स्थानीयवासीले नेतृत्व लिँदै आएका छन् ।

एमालेका तर्फबाट फर्सबहादुर केसीले मन्दिर सञ्चालक समितिको डेढ वर्ष नेतृत्व गर्ने बताइएको छ भने हाल काँग्रेसको तर्फबाट समिति सदस्य चयन भएका गणेश थापाले बाँकी डेढ वर्ष नेतृत्व गर्नेछन् ।

समितिको नेतृत्वसहित उपाध्यक्ष, सचिव, सहसचिव र ५ सदस्य गरी ९ जनाले नेकपा एमालेबाट प्रतिनिधित्व गर्नेछन् भने कोषाध्यक्ष र ५ सदस्य सहित ६ जना नेपाली काँग्रेसको तर्फबाट समितिमा रहनेछन् ।

सुपा देउराली मन्दिरमा क्षमता र कार्यकुशलताको आधारमा भन्दा पनि राजनीतिक योग्यताको आधारमा नेतृत्व चयन गरिनुले धार्मिक धरोहरलाई कमजोर बनाउने चिन्ता यस क्षेत्रका धार्मिक व्यक्तिहरूको छ ।

नवनिर्वाचित अध्यक्ष फर्सबहादुर केसी भने आफूहरू विधानअनुसार नै अगाडि बढेको दाबी गर्छन् । आधा–आधा कार्यकाल नेतृत्व गर्ने र दुई दलले पदाधिकारी तथा सदस्य बाँडेको बारेमा भने केसीले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस