सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ ।
दलका नेता महेन्द्रबहादुर शाहीले आज (आइतबार) प्रेस नोट जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका हुन् ।
विष्ट नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन् । उनले यसअघि नै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
सम्बन्धित समाचार : माओवादी प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश गर्दै