२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थाल्यो

अ+ अ-

बेइजिङ । चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको पाइएको छ ।

चीनका विभिन्न सहरमा सोमबार मात्र कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या तीन हजार ५०७ जना भेटिएका नेशनल हेल्थ कमिसनले मङ्गलबार जनाएको छ ।

नयाँ स्थानीय सङ्क्रमणमध्ये जिलिनमा ३ हजार ७६ शानडोङमा १०६, सान्सीमा ५३, तियान्जिनमा ५१, ग्वाङ्दोङमा ४८, फुजियानमा ३३, झेजियाङमा ३१, लिओनिङमा २४, जियाङ्सुमा २०, हेबेईमा १३ जनामा सङ्क्रमण देखिएको समाचारमा जनाइएको छ ।

बाँकी घटनाहरु सांघाई, हेइलोङजियाङ, गान्सु, बेइजिङ, गुआङ्सी, युनान, गुइझोउ, आन्हुइ र हेनानमा देखिएको जनाएको छ । सोमबार कुल ९५ वटा आयातित कोभिड–१९ का घटना सार्वजनिक भएको आयोगले आफ्नो दैनिक प्रतिवेदनमा जनाएको छ ।

सोमबार ११ हजार ९८४ जना कोरोनाका बिरामी उपचाररत थिए । जसमध्ये ८ जनाको अवस्था गम्भीर थियो ।

सन् २०१९ को डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको यस रोगको प्रकोपपछि मुख्य भूमिमा कूल चार हजार ६३६ व्यक्तिको यस भाइरस सङ्क्रमणको कारण मृत्यु भएको थियो ।

त्यहाँका सबैजसो नागरिकलाई कोरोना पुन: हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस