१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जडेजाले पाँच विकेट लिएपछि श्रीलङ्का ‘फलोअन’मा

अ+ अ-

काठमाडौँ । भारतका बलिङ अलराउन्डर रवीन्द्र जडेजाले पाँच विकेट लिएपछि मोहालीमा जारी पहिलो टेस्ट क्रिकेटमा श्रीलङ्का ‘फलोअन’मा परेको छ ।

श्रीलंकाले १०८–४ को स्थितिबाट तेस्रो दिनको सुरुआत गरेको थियो । भ्रमणकारी टोलीका पाथुम निसान्का २६ र चरिथ असलंकका एक रन बनाएर क्रिजमा थिए । निसान्का ६१ रनमा अविजित रहे । असलंकाले २९ रन बनाए ।

श्रीलंकाले तेस्रो दिन थप ६६ रन जोड्दा बाँकी ६ विकेट गुमाएको थियो । श्रीलंकाका चार खेलाडीले रनको खाता खोल्न सकेनन् ।

दोस्रो दिन श्रीलंकाका लहिरू थिरिमानेले १७, दिमुथ करुणारत्नेले २८, एन्जेलो म्याथ्युजले २२ र धनन्जय डी सिल्भाले एक रन बनाएर पवेलियन फर्किएका थिए ।

तेस्रो दिन निसान्काले अविजित ६१ र असलंकाले २९ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन नसकेपछि श्रीलङ्का फलोअनमा परेको हो ।

श्रीलंकाले पहिलो इनिङ्समा १७४ रन बनाउँदा सबै विकेट गुमाएको हो ।

भारतका जडेजाले १३ ओभरमा चार मेडन राख्दै ४१ रन दिएर पाँच विकेट लिए । उनलाई जसप्रित बुमराह र रविचन्द्रन आश्विनले समान दुई विकेट लिएर साथ दिएका थिए । मोहम्मद शामीको नाममा एक विकेट रह्यो ।

त्यसअघि, भारतले आठ विकेट गुमाएर ५७४ रन बनाउँदा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

भारतका लागि जडेजाले अविजित १७५ रन बनाएका थिए । जडेजाबाहेक रिशभ पन्तले ९६, आश्विनले ६१, हनुमा विहारीले ५८, मयांक अग्रवालले ३३, कप्तान रोहित शर्माले २९, श्रेयस ऐयरले २७ रन बनाउँदा शामी २० रनमा अविजित थिए । जयन्त यादवले एक रन बनाएका थिए ।

अहिले श्रीलंकाले २ विकेट गुमाएर ३४ रन बनाएर खलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस