२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीलाई भीम रावलको जवाफ : म पार्टी सिद्धान्तअनुरूप उभिएको छु

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफू पार्टी सिद्धान्तअनुरूप नै उभिएको बताएका छन्। गत आइतबार एमालेले संसद् अवरुद्ध गरिरहँदा रावलले एमसीसीबारे छलफलमा भाग लिएका थिए।

पार्टीका अन्य सांसदले बैठक अवरुद्ध गरिरहँदा रावलले रोस्टम प्रयोग गरेर एमसीसीबारे छलफलमा भाग लिएपछि अध्यक्ष केपी शर्मा ओलीले रावल पार्टी अनुशासनबाहिर गएको प्रतिक्रिया दिएका थिए।

अध्यक्ष ओलीलाई लक्षित गर्दै आज रावलले संसद्मा छलफलमा सहभागी हुन नदिनु आत्म केन्द्रित, आत्म प्रचारक सोच र पार्टीको सिद्धान्त र नीति विपरीत भनेका छन्। ‘एमालेको विधान, प्रतिवेदन र सङ्गठनात्मक प्रस्तावले एमसीसीसंगको सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गर्दछ,’ उनले ट्वीट  गर्दै भनेका छन्, ‘संसद्मा छलफलमा सहभागी हुन नदिनु आत्म केन्द्रित, आत्म प्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत हो। म पार्टी सिद्धान्त अनुरुप उभिएको छु।’

अध्यक्ष ओलीले मङ्गलवार पत्रकार सम्मेलनमा रावल हिरो बन्न खोजेको प्रतिक्रिया दिएका थिए। ओलीले सांसद रावललाई कारबाही गर्ने सङ्केत पनि गरेका थिए। एमसीसीबारे धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले रावल हिरो बन्न खोजेको पनि बताएका थिए।

,भीम रावल पार्टीको धारणा वा पार्टीको काम कारबाहीभन्दा पृथक् ढङ्गले आफूलाई प्रस्तुत गरिरहनु भएको छ। मैले पार्टीको संसदीय दलको बैठकमा पनि भनेको थिएँ। आफूलाई व्यक्तिगत तवरमा हिरो देखाउन खोज्ने त्यस खालका कुरा, काम कारबाही त्यस खालको विचार र कुनै पनि बहानामा चाहे राष्ट्रवादको होस् वा लोकतन्त्रको होस् अरू बहानामा हाम्रो पार्टीले लिएका नीति सही छन्। त्यसका विरुद्ध पृथक् देखिएर गरिने क्रियाकलाप अनुशासनभित्र पर्दैनन्, अध्यक्ष ओलीले भनेका थिए।

नेकपा एमालेको सल्लाहकार परिषद् सदस्य तथा सांसद रावलले प्रतिनिधि सभाको बैठकमा एमसीसीविरूद्ध रोष्टमबाट बोलेका थिए। जबकि एमाले सांसदहरू नाराबाजी गर्दै बेल घेराउ गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस