काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकअघि उनले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको छ ।