२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चको फुलकोर्ट : न्यायालय सुधारका सन्दर्भमा छलफल हुने

अ+ अ-

काठमाडौँ । आज (शुक्रवार) सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रवार अपराह्न २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका हुन् । यसअघि सोमबार सर्वोच्चका सबै न्यायाधीशबिच अनौपचारिक छलफल भएको थियो । छलफलपछि शुक्रबारका दिन सर्वोच्चको पूर्ण बैठक राख्ने निर्णय भएका थियो ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार शुक्र बाह्रको बैठकको मुख्य एजेन्डा नै न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा रहेका छ । ढकालले भने, ‘अहिलेको विषम परिस्थिति आएपछि न्यायपालिका सञ्चालन तथा न्यायालय शुद्धिकरणका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदनको कार्यान्वयनका सन्दर्भमा छलफल नै हो । त्यसबाहेक अन्य कुनै एजेन्डा छैन ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लागेपछि सर्वोच्चमा वरिष्ठतम न्यायाधीशका हैसियतले दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका छन् । उनले शुक्रवार सर्वोच्चको पूर्ण बैठक राखी आफ्नो सक्रियता देखाउन सुरुवात गर्न लागेका छन् ।

सर्वोच्चको पूर्ण बैठकलगत्तै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय सेवा आयोग र न्याय परिषद्को बैठक राख्न परामर्श समेत गर्ने बताइएको छ । न्याय सेवा आयोगको बैठक बस्न नसक्दा जिल्ला न्यायाधीशको नतिजा प्रकाशन तथा आन्तरिक बढुवाका आधारमा नियुक्त गर्ने २३ सीटमा न्यायाधीश पठाउन सकिएको छैन ।

त्यसैगरी परिषद्को बैठक बस्न नसक्दा विभिन्न उच्च अदालतहरूमा खाली न्यायाधीशको सिटमा सिफारिस तथा विशेष अदालतमा न्यायाधीश पठाउनसमेत सकिएको छैन । यसै विषयमा कामु प्रधानन्यायाधीशले परामर्श सुरु गर्नेसमेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस