२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसिसी र सत्ता गठबन्धन फरक विषय हुन् : प्रवक्ता डा. महत

अ+ अ-

चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसिसी र सत्ता गठबन्धन फरक विषय भएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘काँग्रेसले एमसिसी सदनमा लगेर छलफल गरौँ भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन ।’

उनले सत्ता गठबन्धन र एमसिसी फरक विषय भएकाले एमसिसीका कारण गठबन्धनमा समस्या नहुनेमा काँग्रेस विश्वस्त रहेको बताए । उनले भने, ‘गठबन्धनको विषय एउटा हो एमसिसीको अर्को विषय हो ।’ एमसिसीमा कुनै देशद्रोह नभएको उनले बताए । प्रवक्ता डा. महतले एमसिसी नेपालको हितमा रहेको जनाउँदै भने, ‘नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ त्यो देश द्रोह हो ? संसद्मा पेस गरौँ, कमीकमजोरी भए आउँछन् । किन हिचकिचाहट भएको छ ?’

सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै उनले सार्वभौम संसद्को अधिकार हो भने । दलहरुका एमसिसी बारेको स्पष्ट धारणा आउनुपर्ने जनाउँदै उनले भने, ‘संसद्मा एमसिसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने ? निर्णय गर्नु पर्‍यो ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसी पास गर्छु भनेर पत्र पठाएको स्मरण गराउँदै उनले भने, ‘प्रचण्डले एमसिसी पास गर्छौँ भने सिग्नेचर गरेका हैनन् र ?’ विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसिसी संसद्मा लैजान खोजिएको स्मरण गराउँदै प्रवक्ता डा. महतले अहिले सत्ता बाहिर पुगेपछि कुरा नफेर्न एमालेसँग आग्रह गरे । उनले भने, ‘एमसिसीका बारेमा आज एउटा कुरा भोलि अर्को कुरा । आज ठिक भोलि बेठीक । सत्तामा हुँदा ठिक नहुँदा बेठीक यस्तो पनि कुरा हुन्छ ?’

प्रतिक्रिया दिनुहोस