२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन जिल्ला हेर्न दुई कर्मचारी !

अ+ अ-

गलेश्वर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारीका अभावमा सेवा प्रवाह नै प्रभावित हुन थालेको छ । म्याग्दी, मुस्ताङ र बागलुङ जिल्ला हेर्नेगरी २०७४ सालमा सो कार्यालय स्थापना भएको थियो ।

कार्यालय स्थापना भएदेखि नै कर्मचारीको अभाव हुँदै आएको जनाइएको छ । हालसम्म दुईजना मात्रै कर्मचारीले मात्रै सेवा प्रदान गर्नुपर्दा समस्या उत्पन्न भएको कार्यालय प्रमुख सौरभ श्रेष्ठले बताए ।

‘एक जना कर्मचारी केही समयदेखि स्याङ्जामा काजमा हुनुहुन्छ । एक जना अधिकृत, एक जना प्राविधिक सहायकका भरमा कार्यालय सञ्चालनमा छ’, उनले भने ।

बजार अनुगमन र खाद्यसम्बन्धी बढी काम गर्ने यस कार्यालयमा कर्मचारी कम हुँदा सेवा प्रवाहमासमेत समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ ।

उनले आफूहरु धेरैजसो ‘फिल्ड’मै गएर काम गर्नुपर्ने हुँदा कहिलेकाहीँ कार्यालय खाली नै हुने गरेको गुनासो गरे । उनले जनशक्ति अभाव हुँदा सोंचेअनुसारको काम गर्न कठिन भएको र कार्यालयको आफ्नै सवारी साधनसमेत नहुँदा तीन जिल्लामा काम गर्न समस्यासमेत भएको बताए ।

‘हाम्रो आफ्नै सवारी साधन छैन, दुईपाङ्गे्र सवारी साधनका भरमै तीन जिल्लामा सेवा प्रदान गर्नुपर्ने अवस्था छ, हामी फिल्डमा निस्केका समयमा सेवाग्राही अनुज्ञापत्र जारी तथा नवीकरण गर्न आउनुभयो भने यसै फर्किनुपर्ने अवस्था छ’, उनले भने ।

जनशक्ति पर्याप्त भएको भए काम पनि प्रभावकारी हुने थियो, सेवाग्राहीले सहजरुपमा सेवा पाउनसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस