काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हल सुरु भएको हो ।
एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे निर्णय लिन बैठक बसेको हो ।
भोलिको संसदमा एमसीसी टेबल गर्नेबारे काँग्रेस आज निर्णय लिनसक्ने बताइएको छ । त्यस्तै सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट संसद सचिवालमा दर्ता गराइएको प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ ।