काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले पनि संसदीय दलको बैठक डाकेको छ । मंगलबार (भोलि) बिहान ९ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक तय गरिएको हो ।
बैठकमा प्रधानन्यायाधीशमाथिको महाअभियोगपछिको राजनीतिक घटनाक्रम, एमसिसी, संसद् बैठकमा एमालेको जारी अवरोधलगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको पनि संसदीय दलको बैठक अहिले जारी छ ।