२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्रागिरि र कोरियाका दुई नगरबीच भगिनी सम्बन्ध कायम हुने

अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले दक्षिण कोरियाको दुई नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने भएको छ ।

साथै मौसमी कामदार, कृषि प्रविधि, सांस्कृतिक, ऐतिहासिक तथा अन्य विषयमा अनुभव आदानप्रदान पनि हुने भएको छ ।

नगरप्रमुख घनश्याम गिरी र नेपाल सांस्कृतिक केन्द्र कोरियाका संस्थापक ह्वाई क्यु होबीच शुक्रबार यहाँ सम्पन्न द्विपक्षीय भेटघाटमा ती विषयमा सहमति भएको हो ।

कोरियाको न्याय मन्त्रालयसँगको समन्वयमा भगिनी सम्बन्ध अगाडि बढाइने भएको छ । सो अवसरमा नगरप्रमुख गिरीले आफ्नो कार्यकालमा समृद्ध चन्द्रगिरि नगरपालिका बनाउन आवश्यक पूर्वाधार, नगरपालिकासहित वडा कार्यालयका भवन निर्माण, ऐन नियम, शिक्षा र स्वास्थ्यमा आवश्यक पूर्वाधार तयार भएको जानकारी दिए ।

उनले भने, ‘चन्द्रगिरि र कोरियाली नगरपालिकाबीचको भगिनी सम्बन्धले सांस्कृतिक अनुभव आदानप्रदान गर्न नयाँ उचाइ प्राप्त गर्ने छ ।’

सो छलफलमा उपप्रमुख लिशा नकर्मी, नगर प्रवक्ता हरिभक्त महर्जन, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल तथा नेपाल सांस्कृतिक केन्द्र कोरियाका व्यवस्थापक जु जोड गोन, प्रचारप्रसार प्रमुख ह्यान जड ली र नेपाली प्रतिनिधि मणि गौतमको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस