२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालिकोटका स्थानीय तह निमित्तका भरमा

अ+ अ-

मान्म । कालिकोटका नौ वटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तका भरमा रहेका छन् ।

जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा प्रमुख निमित्त भरमा काम चलाइरहेका छन् ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव र गाउँपालिकामा वरिष्ठ अधिकृतको दरबन्दी नेपाल सरकारले तोकेको भए पनि शिक्षा, स्वास्थ्य पशु सेवा लगायतका अन्य विभागका कर्मचारीले कालिकोटमा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका छन् ।

उपसचिवको दरबन्दी रहेको रास्कोट नगरपालिकामा पशु सेवाका आठौँ तहका प्राविधिक कर्मचारी जवानसिंह बम, खाँडाचक्र नगरपालिकामा शिक्षा शाखाका कर्मचारी जसीप्रसाद चौलागाईं र तिलागुफा नगरपालिकामा स्वास्थ्य क्षेत्रका सातौँ तहका कर्मचारी लक्ष्मणप्रसाद चौलागाईंलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, पलाँतामा छैटौँ तहका कर्मसिंह बम, सान्नी त्रिवेणीमा छैटौँ तहका नेत्रबहादुर शाही, शुभकालिकामा छैटौँ तहका केन्द्रबहादुर शाहीलार्ई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ । उनीहरु पशु सेवा प्राविधिकतर्फका अधिकृत हुन् ।

पचालझरनामा प्रशासनतर्फका अधिकृत वीरेन्द्रवहादुर बम र नरहरिनाथमा अधिकृत गणेशमान सिंहलाई जिम्मेवारी तोकिएको छ । कर्मचारी दुर्गममा आउन नमान्ने भएकाले निमित्तकै भरमा स्थानीय तह सञ्चालन गर्नु परेको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले बताए ।

‘गाउँपालिकामा प्रशासनतर्फका अधिकृत रहेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रहने भन्ने छ,’ उनले भने, ‘दुर्गम कुनै कर्मचारी आउन नमान्ने भएकाले हामीले लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा काम चलाउँदै आएको छौँ ।’

प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि नआउँदा विकास निर्माणमा काममा असर पर्ने भएकाले निमित्त भरमा लामो समयदेखि काम गर्दै आएको रास्कोट नगर प्रमुख काशीचन्द बरालले जानकारी दिए । ‘विकासका निर्माणका काम रोक्नु भएन । उपसचिव दुर्गममा नगरपालिकामा आउन मान्दैनन्,’ उनले भने, ‘त्यसैले पनि निमित्तका भरमा स्थानीय तहका सरकार चलाइरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस